नियम १०
अन्तरिम (ट्रान्जिट) भिसा

(१) नेपालको विमानस्थल भई कुनै अर्को मुलुक जाने गरी हवाई टिकटसहित रात विताउने गरी नेपालमा प्रवेश गरेका विदेशीलाई वा कुनै कारणवश आकस्मिक रुपमा नेपालको विमानस्थलमा अवतरण गरेको बायुयानमा यात्रा गरिरहेको विदेशीलाई एक दिनका लागि अन्तरिम भिसा दिइनेछ ।
(२) उपनियम (१) बमोजिमको भिसाको लागि अनुसूची – ३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।